×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको अन्तिम सोमबार शिव मन्दिरहरुमा भक्तजनको भिड… (फोटो-कथा)

PRIME CA

साउनको अन्तिम सोमबार शिव मन्दिरहरुमा भक्तजनको भिड… (फोटो-कथा)

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार देशभरका शिव मन्दिरहरुमा भक्तजनको भिड लागेको छ । हिन्दु शास्त्रअनुसार वर्षभरिकै शुद्द महिनाका रुपमा लिइने साउन सोमबारको ब्रतमा भक्तजनहरु बिहानैदेखि पुजाआरधानाका गर्न मन्दिर जाने प्रचलन रहेको छ ।

साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्ने गर्दछन् । सोमबारको ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइंचो लागेको छ । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: