×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले थप ५ ब्रोकर कम्पनीलाई लाइसेन्स दियो

PRIME CA

धितोपत्र बोर्डले थप ५ ब्रोकर कम्पनीलाई लाइसेन्स दियो

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डले एलओआई पाएका र आवश्यक पूर्वाधार तयार गरेका थप ५ ब्रोकर कम्पनीलाई साउन ३२ गते लाइसेन्स दिएको हो ।

यसरी बोर्डबाट लाईसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज कम्पनी रहेका छन् । जसमध्ये हमालयन र सनी सेक्युरिटिजलाई पूर्ण कार्य गर्ने र बाँकी तीन कम्पनीलाई सिमित कार्य गर्ने गरी अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।

बोर्डले पाँच वटै कम्पनीलाई धितोपत्र व्यवसायी नियमावली २०६४ को व्यवस्था बमोजिम लाइसेन्स प्रदान गरेको हो । योसँगै हालसम्म धितोपत्र बोर्डबाट लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ । अब धितोपत्र बोर्डमा लाइसेन्सका लागि आवेदन दिएर एलओआई पाएका ६ कम्पनीले लाइसेन्स पाउन बाँकी छ । ती कम्पनीहरुको पनि थप अध्ययन पूरा गरी मापदण्ड पुगे लाइसेन्स दिइने बोर्डले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: