×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीमा दरबारमार्ग: ‘दरबार छ, मार्ग छ, व्यापार छैन…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मन्दीमा दरबारमार्ग: ‘दरबार छ, मार्ग छ, व्यापार छैन…’

Artha Sarokar

२३ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । ‘पैसा हुनेहरुले ब्राण्डेड कपडा किन्ने ठाउँ वा महँगो पैसा तिरेर कफी पिउने, रमाइलो गर्ने ठाउँको दरबारमार्ग । दिउँसोको कफीदेखि रातीको मदिरासम्मको व्यापारले गज्जब धानेको थियो दरबारमार्गलाई । यतिमात्र होइन, कपडा किन्ने र बेच्ने दुबैको रोजाई थियो दरबारमार्ग । तर देशमा मन्दीले मन्दमन्द छोएपछि अहिले दरबारमार्गको दैनिकी परिवर्तन भएको छ । त्यसमा पनि काठमाडौँ महानगरले पार्किङ गर्न नदिएपछी अहिले दरबारमार्गको अर्थतन्त्र नै बिग्रिएको छ । व्यवसायीहरु विहान आउने,  दिउँसोभर ग्राहक कुर्ने र राती सटर बन्द गरेर घर जाने गर्न बाध्य हुन थालेका छन् । र त अहिले त्यहाँका व्यवसायीहरु भनिरहेका छन् -‘आर्थिक मन्दीले थिलोथिलो भएको छ दरबारमार्ग, दरबार छ, मार्ग छ तर व्यापार छैन ।

‘मन्दीले क्रयशक्ति घट्यो, महंगा सामान बिक्नै छोडे’
दरबारमार्गले कुनै बेला दिनकै करोडौंको व्यापार गर्थ्यो । बार्षिक अरवौंको व्यापारको हिसाबकिताब हुन्थ्यो दरबारमार्गमा । एउटा पसलमै दिनमा दशौँ लाखको व्यापार हुन्थ्यो । र त दरबारमार्गमा व्यापार गर्नेहरुले पनि कमाएका थिए, सटर भाडामा लगाउनेहरुले पनि । तर अहिले मन्दीले क्रय शक्ति घट्दा ग्राहक घटेका छन् । पहिलाको जस्तो व्यापार छैन । महँगो सामान बिक्नै छोडेको छ ।
‘अहिले पहिलाकोजस्तो व्यापार छैन । किन्ने ग्राहकहरु नै घटेका छन् । महिनामा एक पटक किनमेल गर्न आउनेहरु अहिले ३-४ महिनामा झुल्किन थालेका छन् ।’ दरबारमार्गका व्यापारी सुजित श्रेष्ठ भन्छन्- ‘दरबारमार्गको क्रेज नै घटेकोझैं भएको छ । कतिपय पसलमा त भाडा तिर्ने पैसा पनि नउठ्ने समस्या छ । यस्तै हो भने यो ठाउँमा व्यापार गर्न धेरै गाह्रो छ ।’
आखिर किन भयो त यस्तो ? अधिकांश व्यापारीको जवाफ उही छ -‘देशमा मन्दी लाग्यो, महँगो सामान किन्ने ग्राहक घटे । न सामान किन्नेहरु देशमा छन्, न सामान बेच्नेहरु अव देशमा रहने स्थिति छ । अव बिदेशिनुको विकल्प छैन ।’ अझ कतिपय व्यापारीहरु त पहिलाको भन्दा ग्राहकको फ्लो एक तिहाई पनि नरहेको दाबी गर्छन् । ‘ग्राहक नै छैनन् । केहि समय अघिसम्म त ग्राहकहरु आईरहन्थे, आएका ग्राहकहरुमध्ये केहिले सामान किन्दा पनि स्थिति राम्रै हुन्थ्यो । अहिले स्थिति त्यस्तो छैन । एक त ग्राहक नै कम छन्, सबैतिर मन्दी लागेपछि प्रतिष्पर्धा बढेको छ । सामानको बिक्री घटेको छ । ग्राहक कम भएपछि थोरै मार्जिनमा सामान दिनुपर्ने स्थिति आएको छ ।’
 
पार्किङको समस्याले झनै घटे ग्राहक !
अहिले महानगरले कसिलो नीति ल्याएपछि पसल अगाडी ग्राहकले गाडी वा बाइक राख्न पाउँदैनन् । यसकारण पनि भड्किएका छन् दरबारमार्ग आउने ग्राहक । दरबारमार्ग वरपर पार्किङको अन्य विकल्प पनि छैन । र त गाडी वा मोटरसाइकलमा किनमेलका लागि दरबारमार्ग जानेहरुले पार्किङमा समस्या भोगिरहेका छन् । यो समस्याको समाधान नभएपछि दरबारमार्गको व्यापार झन् घटेको छ । ‘एक त मन्दी छ, मानिसको क्रय शक्ति घटेको छ, व्यापार गर्ने वातावरण नै छैन, त्यसमाथि पनि पार्किङले समस्या निम्त्याएको छ ।’ दरबारमार्गमा व्यापार गरिरहेका सुमन श्रेष्ठले अर्थ सरोकारसँग भने -‘यस्तै हो भने अवको एक बर्षमा दरबारमार्ग नै ठप्प हुने स्थिति छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी