×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहिलेको अर्थतन्त्रको खास स्थिति कस्तो छ ? सिए मनोज ज्ञवालीको स्ट्रेट फरवार्ड विश्लेषण (भिडियोसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार

PRIME CA

अहिलेको अर्थतन्त्रको खास स्थिति कस्तो छ ? सिए मनोज ज्ञवालीको स्ट्रेट फरवार्ड विश्लेषण (भिडियोसहित)

काठमाडौं । बजारमा मन्दी छ, मान्छेसँग पैसा छैन । व्यापार चौपट छ, उपभोक्ताको क्रय शक्ति घटेको छ । बैंकमा पैसा छ, तर ऋण लिने मान्छे छैनन् । देशको ढुकुटी कुन बेला रित्तिने हो भन्ने पीर छ सरकारलाई, राजश्व आशातीत उठेको छैन, अर्थतन्त्रको चक्र नै बिग्रेका बेला देश सिद्धिने खतरा छ । आखिर देशको अर्थतन्त्रको लय कता जाँदैछ त ? यसका समाधान के छन् त ? अहिले बजारको हट इस्यु यहि नै बनेको छ । र पनि सरकार अर्थतन्त्र धमिलो भएको तथ्य खुलेर स्वीकार्न तयार छैन, यो बेला देशको आर्थिक स्थिति कस्तो छ ? बिग्रिएको अर्थतन्त्रमा खास समस्या के हो ? अर्थतन्त्र सुधार गर्ने तरिका के छन् ? कसकसले कहाँकहाँ बसेर के के गर्नुपर्छ, धेरै नगरिएको तर गर्नुपर्ने बहस हो यो । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकर मनोज ज्ञवालीले देशको अर्थतन्त्रबारे खुलेर स्ट्रेट फरवार्ड कुरा गरेका छन् ।

बैंकर मनोज ज्ञवालीले उठाएका तथ्य, देखाएका तथ्यांक, र बुझाउन खोजेका समस्याका समाधानप्रति सरकार गम्भीर होस्, सरकारमात्र होइन तपाईं हामी पनि गम्भीर हौँ । किनकि अर्थतन्त्र नै बिग्रिएपछि देशको स्थिति सहि कदाजित हुन सक्दैन, जसरी मुटु बिग्रिएपछि तपाईं हाम्रो ज्यान स्वस्थ हुनै सक्दैन । मनोज ज्ञवालीले बोलेको कुरा भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: