×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! अमेरिकामा पनि नेपाली झल्को, गाउँघरको न्यास्रो मेटाउने गुरुङ दाईको ‘मम्स मःम’ (फोटो-कथा)

PRIME CA

आहा ! अमेरिकामा पनि नेपाली झल्को, गाउँघरको न्यास्रो मेटाउने गुरुङ दाईको ‘मम्स मःम’ (फोटो-कथा)

८ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्रारिसबर्गको डेरी स्ट्रिट नेपाली भाषीहरूका लागि व्यापारिक केन्द्र हो । नेपाली र नेपाली भाषी भुटानी समुदायले यहाँ दर्जनौँ व्यापार व्यवसाय संचालन गरिरहेका छन् । यही भीडमा नेपाली भाषी भुटानी अगम गुरुङले चलाएको एउटा स्टोर छ ‘मम्स् मम’ ।

यो बाहिरबाट हेर्दा सामान्य नै देखिन्छ । मःम भन्ने शब्दले यो नेपाली रेस्टुरेन्ट नै हो भन्ने अनुमान गर्न सकिए पनि दैलो खोलेर भित्र पस्नासाथ यसले नेपाली संग्राहलयमा पुगेको झल्को दिन्छ । रेष्टुरेन्टका संचालक गुरुङले नेपाली कला संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन आफुले प्रयास गरेको बताए । ‘समयसँगै हाम्रा राम्रा परम्परा, जीवन शैली, मौलिकता परिवर्तन हुँदै छन् ।’, उनले भने, ‘अहिले अमेरिकामा रहेका नयाँ पुस्तालाई हाम्रो पहिचान गराउने मेरो उदेश्य हो । हामी जहाँ गए पनि आफ्नो पन भुल्क कहाँ सक्छौँ र ?’

यसो त गुरुङको उक्त रेस्टुरेन्टका भित्ता नेपाली र भुटानी नागरिकलाई लालयित बनाउने गरी नेपाली मौलीक सामग्रीले सजाइएको छ । अझ कतिपय सामाग्री त झनै नेपाली गाउँघरमै लोप हुन थालिसकेका समेत छन् । रेष्टुरेन्टको ढोकाको दाहिने पट्टी कल धारको आवाज आउँछ । बाँसको ढुग्रोले बनाएको धारबाट आएको पानीले तामाको गाग्री भरिएको छ । जसले मूलको पानीको झल्को मेटाउँछ ।

धाराको आडैमा घर छ, आँगन छ, पाली छ, पीढी छ, ढिकी–जाँतो, हलो–जुवा, हडौलो लगायतका सामाग्री राखिएको छ । भित्र चुलोमा आगो बालेर कसौडी कसरी भात पकाइन्थो ? भन्ने देखिन्छ । गुरुङको रेष्टुरेन्ट पुग्दा भोक मात्र होइन गाउँ घरको न्यास्रो पनि मेटिने अधिकांश नेपालीहरुले बताउने गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: