×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर यसरी मनाईयो नाग पञ्चमी… (फोटो-कथा)

PRIME CA

देशभर यसरी मनाईयो नाग पञ्चमी… (फोटो-कथा)

४ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आज नागपञ्चमी, देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । यसका साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाइएको छ ।

हिन्दु परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा सोमबार काठमाडौंका विभिन्न शक्तिपीठ तथा नाग पोखरीमा भक्तजनहरुको भीड लागेको छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: