×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ३१.५२ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार ३१.५२ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल २७५ कम्पनीको ४६ लाख ५७ हजार १ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ७ करोड ८७ लाख ९५ हजार ६ सय ३४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मकर जितुमाया सुरी हाइड्रोपावर, सिभिल बैंक डेबेञ्चर २०८८, सामुदायिक लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया ब्यालेन्स फण्ड र ग्लोबल आइएमई बैंक लिमिटेड डेबेञ्चर २०८६/८७ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ७ करोड ८७ लाख ९५ हजार ६ सय ३४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा घोराही सिमेन्ट, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैल घटेको हो । मोलुङ्ग हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा समता घरेलु लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, रावा इनर्जी डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी