काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७२ कम्पनीको ४१ लाख ६३ हजार ८ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २ लाख ४७ हजार २ सय ३४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा कुथेली बुखेरी स्माल हाइड्रोपावर, समलिंग पावर कम्पनी, सुपर मादी हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र लक्ष्मी उन्नति कोषका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २ लाख ४७ हजार २ सय ३४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट, हिमालयन डिष्टिलरी, तारागाउँ रिजेन्सी र युनाइटेड अजोड इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा मेंछियम हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैल घटेको हो । मेंछियम हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पार्टनर, १०.३५%अग्रीकल्चर बैंक डेबेञ्चर २०८३, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र बलेफी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्