काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २८ करोड ५९ लाख १९ हजार ६ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा इङवा हाइड्रोपावर, माइ खोला हाइड्रोपावर, मकर जितु माया सुरी हाइड्रोपावर, छ्याँग्दी हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २८ करोड ५९ लाख १९ हजार ६ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा युनाइटेड अजोड इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी सिमेन्ट, घोराही सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैल घटेको हो । लक्ष्मी लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा सामुदायिक लघुवित्त, १२% आइसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८३, विन नेपाल लघुवित्त वित्तिय संस्था र बलेफी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्