काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार घोराही सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ५७ लाख ६५ हजार ८ सय ९४ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, लिबर्टी इनर्जी कम्पनी, दोल्ति पावर कम्पनी, माया खोला हाइड्रोपावर कम्पनी र समाता घरेलु लघुवित्तका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार घोराही सिमेन्टको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ७ करोड ५७ लाख ६५ हजार ८ सय ९४ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, आइएमई लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक र हिमालयन लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैल घटेको हो । सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सेयरमा यस्तो गिरावट आउँदा एनएमबि डेबेञ्चर ८.५०%, १०% नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८६, जन उत्थान सामुदायिक लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्