×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको मारमा न्युरोड : रोडबाहेक `न्यु´ केही छैन, ग्राहकको ‘जाम’ छैन, व्यापारमा ‘चार्म’ छैन… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार

PRIME CA

मन्दीको मारमा न्युरोड : रोडबाहेक `न्यु´ केही छैन, ग्राहकको ‘जाम’ छैन, व्यापारमा ‘चार्म’ छैन… (फोटो-कथा)

काठमाडौँ । न्युरोड, कुनैबेला नाम नै काफी थियो यो ठाउँको । सामान किन्न जाने मुख्य ठाउँ नै न्युरोड थियो । न्युरोडमा एउटा सटर पाउन महाभारतको लडाईजितेझैं हुन्थ्यो । मानिसहरु खचाखच हुन्थे । न्युरोडमा पसल गर्नेहरुको ठुलै शान हुन्थ्यो, व्यापार अपार हुन्थ्यो । धेरैलाई धनी बनाएको थियो न्युरोडले । सुनचाँदी पसल यतै थिए, कपडा पसल यतै थिए, गुडपाकदेखि मिठाईपसल यतै थिए, कम्प्युटरदेखि अन्य ग्याजेट्सहरुको मूलथलो यहि थियो ।
हुन त आज पनि न्युरोड थोरबहुत त्यस्तै छ, तर ग्राहकको उपस्थिति पहिलाकोभन्दा नगन्य छ । महँगो भाडा तिर्न नसकेर व्यवसायीहरु दिनानुदिन पलायन भईरहेका छन् । व्यापार सुख्खाप्राय छ । धेरैले कर्मचारीहरुलाई बिदा गर्दा रोजगारी पाउनेहरुको जागिर पनि गुमेको छ । क्रयशक्ति कम हुँदा नागरिकहरु न्युरोड छिर्न छोडेका छन् । त्यहि न्युरोडमा व्यापार बिग्रेर आत्महत्या गर्नेहरु बढेका छन् । सहकारीको त झन् कुरै छोडौं, न्युरोडका धेरै सहकारी भागीसके ।
र त न्युरोड, आजकल फरक छ । सोचेजस्तो भीड त छँदै छैन, सटरहरु उल्टै खाली-खाली देखिन्छन् । न्युरोडमा व्यापार गर्नेहरु पलायन हुने क्रम जारी छ, न्युरोडमा पहिलाको जस्तो चार्म छैन । र, फरक देखिन्छ आजकल न्युरोड । फरक देखिन्छन् न्युरोडका दृश्यहरु। बाँकी फोटो कथामा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: