काठमाडौँ । ‘छोराछोरी दुईबर्षदेखि भोकै, बाउउले यो गाउँको सबैभन्दा धनी म भन्न मिल्छ ? अहँ ! मिल्दैन । बाउ जति नै धनी भए पनि, घरमा जति नै खजाना भए पनि, जग्गा-जमिन भए पनि, छोराछोरी नै भोका छन् भने त्यो धनसम्पत्ति, त्यो खजाना, त्यो जग्गा-जमिनको के काम ?’ यो आवाज एनआईसी एशिया बैंकका अधिकांस सेयरधनीहरुको हो, जो बिगत २ बर्षदेखि भुक्काराम छन् । ‘गाई जति मोटो भए पनि दुध नदिएपछि के गर्नु ?’ भनेजस्तै अहिले सेयरधनीहरु एनआईसी एशिया बैंकसँग भनिरहेका छन् -‘सेयरधनीको हात खाली राखेर बैंकले गरेको नाफाको खास औचित्य छैन ।’
एनआइसी एसिया बैंक लिमिटेडले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी, हाल सञ्चालनमा रहेको वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी अर्थात असार मसान्तसम्ममा ४० रुपैयाँ २२ पैसा रहेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यस्तो मन्दीमा पनि वार्षिक विन्दुगत आधारमा १० प्रतिशत नाफा बढाएको छ। वितरणयाेग्य मुनाफामात्रै ३ अर्बमाथि रहेको बैंक सबै हिसाबले बलियो छ भन्ने देखिन्छ । तर गाई स्वस्थ पनि छ, मोटो पनि छ, हेर्दा राम्रो पनि छ तर दुध दिन्न, अझ २ बर्षसम्म थारै बस्छ भने, त्यो गाईको भाउमाथि प्रश्न उठ्छ । एनआईसी एशिया बैंक त्यस्तै दुध नदिने गाई भएको छ ।
यसपाली धेरैको अपेक्षा छ, एनआइसी एशिया बैंकले राम्रो ‘रिटर्न’ दिन्छ । ४० प्रतिशत त मज्जाले दिन्छ । तर बजारमा चर्चा यस्तो पनि छ कि, फेरी पनि बैंकका ‘साहु’हरु रिटर्न यसपाली पनि नबाँड्ने ‘मुड’मा छन् । तर यदी यो बजारहल्ला सत्य भयो भने, त्यो बैंकलिई नै घातक हुन्छ । घातकमात्र होइन, महाघातक हुन्छ । त्यसैले यसपाली एनआईसी एशिया बैंकका संचालक महोदयहरुले यस विषयमा अलि बढी गम्भीर हुन आवश्यक छ । कारण, सेयरधनीहरुले गरेको लगानी प्रतिफलका लागि हो, प्रतिफल विनाको लगानीभित्र तनाव हुन्छ, तनावले विश्वासमा समस्या ल्याउँछ, विश्वासमा समस्या भएपछी धेरै कुरा बिग्रिन्छ । एनआईसी एशिया बैंकले समयमै बुझोस्, बुझ्नुपर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्