Skip to content
LAXMI SUNRISE BANK

आफ्ना सबै शाखाहरुलाई एनआईसी एशिया बैंकको सर्कुलर- ‘सेयर धितो कर्जा सजिलै दिनू’

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सेयर धितो कर्जा सहजै दिन सर्कुलर जारी गरेको छ । सीइओ रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेको सो सर्कुलरमा सहजै सेयर धितो कर्जा दिन भनिएको छ । न्यौपानेले सर्कुलरमार्फत यस्तो कर्जामा ११.९९ प्रतिशत ब्याज लिन र बेस रेटमा १.८१ प्रतिशत प्रिमियम जोड्न भनेको छ ।
ब्याजदर भने बैंकले ११.९९ प्रतिशत  तय गरेको छ।  बैंकले बेस रेटमा १.८१ प्रतिशत प्रिमियम जोडेको छ।  तेति मात्र नभई समझदारीमा ब्याजदर ०.७५ सम्म घटाउन सकिने पनि उल्लेख छ।
बैंकले सेयर धितो कर्जा लिएर एक महिना भित्र सेयर किने पनि हुने नीति अवलम्बन गरेको जानकारीसमेत सर्कुलरमार्फत आफ्ना शाखाहरुलाई दिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK