×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्धारा नियम उल्लंघन गर्ने ३ वाणिज्य बैंक कार्वाहीमा परे

PRIME CA

राष्ट्र बैंकद्धारा नियम उल्लंघन गर्ने ३ वाणिज्य बैंक कार्वाहीमा परे

२३ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई कार्वाही गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धी निर्देशनको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरू हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कार्वाही गरेको हो ।

यी तीन वाणिज्य बैंकहरुलाई कार्वाही गर्दै राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले बैंकहरू र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई कार्वाहीको विवरण प्रकाशित गर्दै बैंकले गरेको गल्ती र त्यसवापत पाएको नसिहतसहित करोडौं रुपैयाँ जरिवाना गराएको जनाएको हो ।

राष्ट्र बैंकको कार्वाहीमा पर्ने कुमारी र हिमालयन बैंक कर्जा÷स्रोत परिचालन अनुपालन गर्दा कार्वाहीमा परेका हुन् । कुमारी बैंकले कर्जा-निक्षेप अनुपात (सिडी) रेसियो तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले जनाएको छ । कुमारीले २०७९ माघमा ९० प्रतिशतभन्दा बढी सिडी रेसियो कटाएर व्यवसाय गर्दा ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिरेको थियो ।

त्यस्तै, कार्वाहीमा परेको हिमालयन बैंकले गत आर्थिक वर्षको कात्तिकमा सिडी रेसियो ९० प्रतिशतमाथि राखेर व्यवसाय गर्दा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना तिरेको हो ।

यता प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था गरेको हो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको थियो । साथै, बैंकले प्रिमियम दर बढाएर ब्याज असुल गरेको थियो । सोही कारण राष्ट्र बैंकले पहिलो पटकका लागि बैंकका सिइओ नारायणदास मानन्धरलाई नसिहतहित सचेत गराएको हो ।

राष्ट्र बैंकले गल्तीको सजायमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ बमोजिम प्राइम बैंकका सिइओ मानन्धरलाई सचेत गराएको उल्लेख गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: