×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ… (नामावलीसहित)

PRIME CA

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ… (नामावलीसहित)

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सिटिजन्स बैंकका केही कर्मचारी पक्राउ परेका छन् ।

नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको भन्ने सूचनाका आधारमा सिटिजन्स बैंकका केही कर्मचारीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार यसरी पक्राउ पर्नेमा बैंकको विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी रहेका छन् । पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिकानगर ब्रान्चकी कल्पना खत्री र प्रतिक्षा रेग्मी तथा बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन् ।

स्मरण रहोस्, अर्थ सरोकारले यस अघि नै सो बैंकमा ठुलो मात्रामा नक्कली सर्टिफिकेट राखेर विभिन्न कर्मचारीले जागिर खाईराखेको समाचार प्रकाशन गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: