×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउने सोमबार पशुपतिमा शिवभक्तको घुँइचो… (फोटो-कथा)

PRIME CA

साउने सोमबार पशुपतिमा शिवभक्तको घुँइचो… (फोटो-कथा)

अर्थ सरोकार

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साउन महिनाको चौथो सोमबार देशभरका शिवालयहरुमा हिन्दू धर्मालम्वीहरुले भीड लागेको छ । सोमबार भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो ।

अझ त्यसैमाथि देशकै प्रमुख शक्तिपिठ पशुपति मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ । शिव दर्शन, पूजा आराधना एवम् मनोकामना पूरा गर्न बिहानैबाट पशुपतिनाथमा पनि भक्तजनको भीड लागेको हो । यस महिनामा भगवान शिवको विधिपूर्वक पूजा गर्दा उनको सबैभन्दा प्रिय वस्तु बेलपत्र अर्पण गर्ने प्रचलन छ ।

भगवान शिवलाई खुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता अनुसार आज पशुपतिमा भगवान् शिवलाई जल अर्पणकै लागि भक्तजनहरुको घुँइचो लागेको हो ।

पशुपतिमा दर्शनार्थीको बिहानैबाट घुँइचो बढेसँगै पशुपति विकास कोषले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको छ । बाँकी फोटा फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: