×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कहाँ आउँछ र घुमेर, त्यो बालापनको उमेर…’ (फोटो-कथा)

PRIME CA

‘कहाँ आउँछ र घुमेर, त्यो बालापनको उमेर…’ (फोटो-कथा)

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । उमेर ढल्किँदै गएपछि सबैलाई आफ्नो बालापन प्यारो लाग्छ । व्यस्त दैनिकीका बाबजुत पनि धेरैले हरेक समय, हरेक क्षण आफ्नो बालापन सम्झिरहन्छन् । यसैबीच बाल्यकाललाई झनै ताजा बनाउने गरी काठमाडौंमा बालबालिकासम्बन्धी फोटो प्रदर्शनी गरिएको छ । शनिबार काठमाडौंको हनुमान ढोका परिसरमा १८४औं फोटोग्राफी दिवसको अवसरमा बालबालिका सम्बन्धी फोटो प्रदर्शनी गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले सिविन–नेपालसंगको सहकार्यमा शनिबार फोटो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा २५ जना फोटो पत्रकारले बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिकासम्बन्धी ६० वटा तस्वीरहरु प्रदर्शन गरिएको थियो । त्यस्तै, उक्त फोटो प्रदर्शनीमा हिमाल, पहाड, तराईका बालबालिकाहरुको सबै फोटो समेटिएको थियो ।

उक्त फोटो बालअधिकार अभियन्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले फोटो प्रदर्शनी बालबालिकामा केन्द्रित रहेको भन्दै फोटोहरु देशको वर्तमान अवस्थाको प्रतिविम्ब पनि भएको बताएका छन् । कार्यक्रममा बालबालिकाको संरक्षणका लागि खडा गरिएको संयन्त्र बाल हेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: