×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारलाई बर्षगाँठको शुभकामना दिंदै प्रधानमन्त्रीले भने- ‘सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ’ 

PRIME CA
GLOBAL IME BANK

अर्थ सरोकारलाई बर्षगाँठको शुभकामना दिंदै प्रधानमन्त्रीले भने- ‘सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ’ 

२० श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै प्रचण्डले सरकार भ्रष्टचहरमा शून्य सहनशीलताको नीतिसहित सुशासन, समृद्धि र सामाजिक न्यायका लागि अधि बढिरहेकोले यसका लागि आर्थिक पारदर्शिता र सुशासन कायम राख्न संचारमाध्यमको भूमिका निकै महत्वपूर्ण हुने बताएका हुन् ।
पत्रकारिता सधैँ देश र जनताको पक्षमा हुनुपर्ने बताउँदै प्रचण्डले कसैले बदमासी गर्न लागेको छ बहने समाचारकै माध्यमबाट खबरदारी गर्ने र कसैले भए गरेका राम्रा एवं उदाहरणीय कामहरु छन् भने त्यसलाई बाहिर ल्याउने काम पनि संचारमाध्यमले गर्नुपर्ने बताउंदै प्रचण्डले  अर्थ सरोकार डटकमले आर्थिक पत्रकारिता क्षेत्रमा गरिरहेको सकारात्मक कामलाई निरन्तरता दिंदै आगामी दिनमा पनि भ्रष्टाचार नियंत्रायण, सुशासन र मुलुकको समृद्धिका लागि जनपक्षीय पत्रकारितालाई अघि बढाओस् भन्ने कामना गरेका छन् ।
सातौँ बार्षिकोत्सवको अवसरमा अर्थ सरोकारलाई प्रधानमन्त्रीको शुभकामना:      

हार्दिक शुभकामना

नेपालको अग्रणी आर्थिक सञ्चार माध्यम अर्थ सरोकार डटकम सातौं वर्ष पूरा भइ आठौं वर्षमा प्रवेश गरेकोमा यस पत्रिकाका सञ्चालक, सम्पादकसहित सम्पूर्ण टिममा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । पत्रकारिता आफैमा महत्त्वपूर्ण पेशा हो । त्यसमा पनि नेपाल जस्तो मुलुकमा आर्थिक विषयमा संचार माध्यम सञ्चालन गर्नु अझ धेरै महत्वपूर्ण कुरा हो । अर्थ सरोकारले आर्थिक पत्रकारिताको माध्यमबाट देश र जनताको आर्थिक सुव्यवस्थाका लागि चलाउँदै आएको कलमको म प्रशंसा गर्न चाहान्छु ।

देशमा निकै ठूला ठूला परिवर्तनहरू भएका छन् । राजनीतिक परिवर्तनको परिणाम स्वरुप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गर्दै देशलाई समृद्धितर्फ लैजान सरकार प्रयत्नशील छ। सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिसहित सुशासन, सम्वृद्धि र सामाजिक न्यायका लागि अघि बढिरहेको छ। यसका लागि आर्थिक पारदर्शिता र सुशासन कायम राख्न सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

पत्रकारिता सधैं देश र जनताको पक्षमा हुनुपर्छ । पत्रकारिता सधै सुशासनको पक्षमा हुनुपर्छ। कसैले बदमासी गर्न लागेको छ भने समाचारकै माध्यमबाट खबरदारी गर्ने र कसैले भए गरेका राम्रा एवम् उदाहरणीय कामहरू छन् भने त्यसलाई बाहिर ल्याउने काम पनि सञ्चारमाध्यम र पत्रकारले गर्नुपर्छ । अर्थ सरोकार डटकमले आर्थिक पत्रकारिताका क्षेत्रमा गरिरहेको सकारात्मक कामसाई निरन्तरता दिदै आगामी दिनमा पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र मुलुकको समृद्धिका लागि जनपक्षीय पत्रकारितालाई अघि बढाओस् । अर्थ सरोकार डटकम आठौं वर्षमा प्रवेश गरेको अवसरमा पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रचण्ड पुष्पकमल दाहाल (प्रचण्ड)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: