×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिपब्लिक मिडियाको सेयरको पहिलो कारोबार नै ‘शंकास्पद’ : हुँदै नभएको ‘अड लट’ कारोबार कसरी भयो ?

अर्थ सरोकार

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार

PRIME CA

रिपब्लिक मिडियाको सेयरको पहिलो कारोबार नै ‘शंकास्पद’ : हुँदै नभएको ‘अड लट’ कारोबार कसरी भयो ?

काठमाडौं । दोस्रो बजारमा नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार नै शंकास्पद देखिएको छ  । कम्पनीसँग हुँदै नभएको ‘अड लट’ शेयरको कारोबार देखिएपछि कम्पनीमा चरम चलखेल भएको आशंका गरिएको छ । रिपब्लिक मिडियाको सेयर कारोबारमा १ कित्तादेखि ९ कित्तासम्म ‘अड लट’ कारोबार भएको देखिन्छ । आजको बजार हेर्ने हो भने  नेपाल रिपब्लिक मिडियाको सेयर कारोबार सिमित ब्रोकरमार्फत मात्र भएको देखिन्छ । यसले यो सेयरमा खेलाडी प्रवेश गरेका छन् र यसभित्र चलखेल गर्न खोजिएको छ भन्ने देखिन्छ ।
कानुनमा के छ ?
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (५) को उपविनियम (१) मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको इकाई भए अंकित मूल्य १० रूपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० रूपैयाँ भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था छ । साथै सोही विनियमको उपविनियम (२) मा भएको व्यवस्था बमोजिम धितोपत्र तथा ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १००० रूपैयाँ भएमा १ कित्ता कारोबार इकाई हुने उल्लेख छ ।
सोही विनियमको उपविनियम (३) बमोजिम उपविनियम (१) र (२) मा उल्लेखित कारोबार इकाईभन्दा कम परिमाणको धितोपत्र अडलट हुन्छ । तर, कारोबार इकाई वा सोभन्दा बढी भएका  धनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइँदैन । सोही विनियमावली विपरित रिपब्लिक मिडियाको शेयर अडलट कारोबार भएको देखिन्छ।
नेप्से के भन्छ ?
यता नेप्सेले यस विषयमा अध्ययन भईरहेको बताएको छ । १/१ कित्ता बेचेर सेयर मूल्य बढाउने उद्देश्य राखी रिपब्लिक मिडियाको सेयर भएको भन्दै नेप्सेमा गुनासो आएपछि नेप्सेले यस विषयमा अध्ययन भईरहेको र दोषी देखिए कारवाही हुने बताएको छ । नेप्सेले यस कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता ८४.४७ रूपैयाँदेखि २५३.४१ रूपैयाँसम्म तोकेको थियो । पहिलो कारोबार नै रेन्जको अधिकतम विन्दुबाट सुरू भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: