शुभकामना
आर्थिक अनलाइन अर्थ सरोकार डटकमको सातौं वार्षिकोत्सवको अवसरमा यसका सञ्चालक, सम्पादकलगायत सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । अर्थ सरोकारले आर्थिक पत्रकारिताको माध्यमबाट मुलुकको आर्थिक सुव्यवस्थाका लागि गरिरहेको योगदानको प्रशंसा गर्न चाहन्छु ।
नेपालमा आर्थिक पत्रकारिता महत्वपूर्ण विधा हो । समग्र राज्य प्रणालीको मेरुदण्डको रुपमा रहेको अर्थतन्त्रको बारेमा यथार्थ अध्ययन, अनुसन्धान र विशेषणमा आर्थिक समृद्धिको बाटो पहिल्याउन सकिने छ । आन्तरिक उत्पादनमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु आजको प्राथमिक दायित्व हो । यसमा पत्रकारिता क्षेत्रले योगदान गर्नु आवश्यक छ ।
उत्पादनमूलक अर्थतन्त्रलाई जोड दिएर मात्रै बढ्दो व्यापार घाटा कम गर्दै अर्थतन्त्रलाई सन्तुलित र चलायमान बढाउन सकिने छ । नेपालमा अर्थतन्त्रका आधारहरु भनेका कृषि, जलस्रोत, पर्यटन र सूचना प्रविधि हुन् । हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि र सेवा प्रवाहलाई सहज बनाउन नेपाल सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको छ । यसको सार्थक कार्यान्वयनका लागि आम सञ्चारका माध्यमहरुको ध्यान जानुपर्दछ ।
अर्थसरोकार डटकमले आर्थिक पत्रकारिता क्षेत्रमा गरिरहेको सकारात्मक कामलाई निरन्तरता दिदै आगामी दिनमा सुशासन र समृद्धिका लागि थप योगदान गर्न सकोस्, वार्षिकोत्सवको अवसरमा शुभेच्छा व्यक्त गर्दछु ।
रेखा शर्मा (मन्त्री)

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्