×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : नेपाल एसबिआई बैंकको सफेद झुट ! घुसकाण्ड बंग्याएर कर्मचारी चोख्याउने दाउ ?

PRIME CA

फलोअप : नेपाल एसबिआई बैंकको सफेद झुट ! घुसकाण्ड बंग्याएर कर्मचारी चोख्याउने दाउ ?

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँगको बयानमा शिवशिखर सहकारीका पूर्वअध्यक्षले नेपाल एसबिआई बैंकका मेनेजरले ९० करोड ऋण स्वीकृत गर्दा ९० लाख घुस खाएको बताएपछि अदालतमा पेश भएको सोहि बयानसहितको अभियोगपत्रमा उल्लेखित सोहि घुसकाण्ड बारे समाचार प्रकाशन भएकोमा नेपाल एसबिआई बैंकले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । तर बैंकले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदा सो प्रकरणलाई मिडियाले लगाएको आरोप भनी झुट बोलेको छ । जवकी सो समाचार आरोप नभई सीआईबीले तयार गरेको र अदालतमा पेश भएको अभियोगपत्रमा सीआईबीसमक्ष केदार शर्माले गरेको बयानलाई प्रमाणसहित देखाएर प्रकाशन भएको थियो । अदालतमा पेश भएको सो अभियोगपत्रको प्रमाणसमेत राखेर अर्थ सरोकारले यस विषयमा समाचार प्रकाशन गरेको थियो ।

तर बैंकले घुसकाण्ड बंग्याएर आफ्ना कर्मचारी चोख्याउने दाउ गरेजसरी मिडियाले लगाएको आरोप भन्दै आफ्ना कर्मचारीलाई जोगाउन खोजेको छ । बैंकले विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यममा कर्मचारीको बारेमा लगाइएको आरोपका सम्बन्धमा प्रकाशित समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको भनेको छ । जवकी बैंकले आफ्ना कर्मचारीले घुस खाएको तथ्य सीआईबीले तयार गरेको अभियोग पत्रमै उल्लेखित छ भन्ने तथ्य नै लुकाएर उल्टै जनतामाझ भ्रम छर्न खोजेको देखिन्छ ।

यता बैंकले आफ्ना कर्मचारीले घुस खाएको प्रकरणमा अनुसन्धान कार्य सुरु भएको बताएको छ । अनुसन्धानपश्चात उचित कदम लिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा बुझ्न खोज्दा बैंकका सूचना अधिकारी रितेश अर्यालले फोन नै उठाएनन् । तथ्य बंग्याएर बिज्ञप्ति जारी गरेपछि उनले अर्थ सरोकारको फोन उठाउन छोडेका छन् ।

सहकारी ठगीको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लिएको बयानमा शर्माले शिवशिखर खाद्य उद्योगको नाममा नेपाल एसबिआई बैंकबाट ऋण लिँदा ९० लाख घुस बुझाएको आरोप लगाएका थिए । शर्माले सीआईबीमा दिएको बयानका अनुसार नेपाल एसबिआई बैंकबाट ९० करोड कर्जा लिँदा घुसबापत ९० लाख रुपैयाँ बुझाएको आरोप लगाएका हुन् ।

‘पुष्कर मल्ल (शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य तथा शिखर अर्गनाइजेशनका मेनेजर) को व्यक्तिगत खातामा जम्मा भएको ८९ लाख १३ हजार रकम समेत गरी ९० लाख एसबिआई बैंकका कमर्शियल ब्राञ्चका शाखा प्रबन्धक मनोज गौतमले शिवशिखर खाद्य उद्योगको नाममा स्वीकृत भएको ९० करोड ऋण बापत १ प्रतिशतका दरले हुन आउने रकम शिखर अर्गनाइजेशनको अफिसमा आई पुष्कर मल्लमार्फत ४० लाख र ५० लाख गरी ९० लाख लिएका हुन्’, शर्माको बयानमा उल्लेख छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: