Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डद्धारा दुई कम्पनी कार्वाहीमा, सम्पन्न क्यापिटललाई १० लाख र श्रीकृष्ण सेक्युरिटिजलाई ५० हजार जरिवाना !

अर्थ सरोकार

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई कार्वाही गरेको छ । बोर्डले नियम उल्लंघन गरेको भन्दै सम्पन्न क्यापिटल एण्ड एड्भाइजरी नेपाल र श्रीकृष्ण सेक्युरिटिजलाई लाई कार्वाही गरेको हो ।

दुवै कम्पनीलाई बोर्डले कार्वाही स्वरुप नगद जरिवाना गराएको छ । जस अनुसार सम्पन्न क्यापिटललाई १० लाख र श्रीकृष्ण सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवना गराएको छ ।

क्यापिटललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ७ फ को उपदफा (१) को खण्ड (ख) बमोजिम सूचक संस्थालाईलाई १० लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।

यस्तै श्रीकृष्ण सेक्युरिटिजलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २६ को उपनियम (३) मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्था विपरित शेयर हस्तान्तरण गराएको देखिएकोले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK