
अर्थ मन्त्रालयको पत्रपछि त्यतिबेला माओवादी नेताको पावर लगाएर उनलाई जोगाइएको, र ठुला नेताहरुको लविङमा उनलाई कारवाहीबाट उन्मुक्ति दिईएको चर्चा यतिबेला पनि ताजै छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को दफा १३२ (२) घ मा ‘बोर्डको सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा त्यसलाई भविष्यमा बोर्डको सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा अयोग्य ठहरिने गरी बर्खास्त गर्ने’ व्यवस्था छ । जिसीलाई यहि नियम अनुसार कारवाही हुनुपर्ने हो । तर कारवाहीबाट उन्मुक्ति पाएर उनी अहिले पनि जागिर खाईरहेको भन्दै उनको तीब्र आलोचना भईरहेको छ ।