काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २६९ कम्पनीको ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६३ लाख १ हजार ७० रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा आरएसडिसी लघुवित्त वित्तीय संस्था, सानिमा लार्ज क्याप फण्ड, बलेफी हाइड्रोपावर, जनउत्थान लघुवित्त वित्तीय संस्था र सेन्चुरी डेबेञ्चर २०८८ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६३ लाख १ हजार ७० रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्टिलरी, ज्योति विकास बैंक, सोल्टी होटल, घोराही सिमेन्ट र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा १०.३५% अग्रीकल्चर बैंक डेबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । १०.३५% अग्रीकल्चर बैंक डेबेञ्चर २०८३ को सेयरमा यस्तो गिरावट आउँदा अपर स्याँङ्गे हाइड्रोपावर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्