×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार : लाभांशको सिजन आउनै लाग्दा पनि किन घट्यो लगानीकर्ताको मनोबल ? यी हुन् मुख्य ३ कारण…

PRIME CA

सेयर बजार : लाभांशको सिजन आउनै लाग्दा पनि किन घट्यो लगानीकर्ताको मनोबल ? यी हुन् मुख्य ३ कारण…

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपाली अर्थतन्त्रका सूचांकहरु सुध्रिएको देखाउँछ । बैंकमा तरलताको अभाव खास देखिन्न । शोधनान्तर, रेमिटेन्स, विदेशी विनिमय सञ्चितिको अवस्था राम्रो छ । बैंकहरु ऋण लिन बोलाउन थालिसकेका छन् । केहि बैंकले त सेयर कर्जा लिन फोन नै गरिरहेका छन् । लाभांशको सिजन मुखैमा छ । तर यति हुँदा पनि लगानीकर्तामा मनोबल बलियो देखिएन । साताको कारोबारको पहिलो दिन आइतबार बजार २१.९९ अंकले घटेको छ ।

किन घट्यो लगानीकर्ताको मनोबल ?
यसमा तीन विशेष कारण छन् । एक त दर्जन बढी बैंकहरुले ब्याज बढाए । यहि कारण पनि लगानीकर्ताहरु ‘पर्ख र हेरको अवस्थामा छन् । बजारमा कर्जा लगानी प्राय: ठप्प छ । व्यापार व्यवसाय चौपट छ । यहि कारण पनि घटिरहेको बजार थप घट्न सक्छ भन्ने तनाव छ सेयर लगानीकर्ताहरुलाई । बजारमा चलेका केहि अफवाहहरुले लगानीकर्ताको कमजोर भएको मनोविज्ञानलाई थप कमजोर बनाएको छ ।

बजार घट्नुको दोश्रो कारण, केहि ठुला सेयर खेलाडीहरु बजार प्रवेशको तयारी गरिरहेका छन् । यस्तो बेला बजारमा थप नकारात्मक सेन्टिमेन्ट देखिनु स्वाभाविक हो । बियरिस चक्रबाट बजारले लय लिने बेलामा बिगतमा पनि यस्ता थुप्रै घटनाहरु देखिएका छन् । अझ ती ठुला खेलाडीहरु बजार २००० हाराहारी आएपछि प्रवेश गर्ने तयारीमा छन् ।

बजार घट्नुको अर्को कारण भनेको मौद्रिक नीतिको समिक्षाको छिटा र बैंक तथा वित्तीय संस्थाको नाफा घटेको तथ्यले पनि हो । यसले देशको समग्र अर्थतन्त्र कतै ठिक ठाउँमा नरहेको हो कि भन्ने आशंका गर्ने लगानीकर्ताहरु पनि बढी भएकाले बजारमा सकारात्मक सेन्टिमेन्ट नदेखिएको हो ।

जानकारहरु भन्छन्- ‘घटेकै बेला किन्ने हो, आत्तिनुपर्ने केहि छैन’ 
यसो त सेयर बजारका जानकारहरु बजार घटेकै बेला प्रवेश गर्नुपर्ने र अहिले नेपाली सेयर बजारमा आत्तिनुपर्ने स्थिति नरहेको तर्क गर्छन् । बजार घटेको बेला किन्न कमै मान्छे लालायित हुने, तर सबैभन्दा बढी फेरि तिनै लगानीकर्ताले बढी लाभ लिन सक्ने तर्क सेयर बजार विश्लेषकहरुको छ । अहिले अर्थतन्त्रका सूचकहरु राम्रो भएको अवस्था र बजार घटेको बेला भएकाले यो बेला बजारमा प्रवेश गर्नेहरुले झन् राम्रो नाफा कमाउन सक्ने जानकारहरुको भनाई छ ।
यस्तो छ आइतबारको बजार सारांश 
बिहीबारको तुलनामा नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ बिन्दुमा पुगेको छ । आइतबार नेप्सेमा कुल २६९ कम्पनीको ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६३ लाख १ हजार ७०  रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा आरएसडिसी लघुवित्त वित्तीय संस्था, सानिमा लार्ज क्याप फण्ड, बलेफी हाइड्रोपावर, जनउत्थान लघुवित्त वित्तीय संस्था र सेन्चुरी डेबेञ्चर २०८८ का लगानीकर्ताहरुले कमाएका छन् ।
यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६३ लाख १ हजार ७०  रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्टिलरी, ज्योति विकास बैंक, सोल्टी होटल, घोराही सिमेन्ट र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा १०.३५% अग्रीकल्चर बैंक डेबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । १०.३५% अग्रीकल्चर बैंक डेबेञ्चर २०८३ को सेयरमा यस्तो गिरावट आउँदा अपर स्याँङ्गे हाइड्रोपावर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जीमा पनि उच्च गिरावट देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: