काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८० कम्पनीको ३८ लाख ९५ हजार २ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ४६ लाख ८९ हजार ४१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा स्वाभिमान लघुवित्त वित्तिय संस्था, सिटिजन्स म्युचुअल फण्ड-२, पिपुल्स पावर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र सिद्धार्थ इक्वटी फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ४६ लाख ८९ हजार ४१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइएमई लाइफ इन्स्योरेन्स,सोल्टी होटल, घोराही सिमेन्ट, माछापुच्छ्रे बैंक, शिभम् सिमेन्ट र हिमालयन लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा मकर जितु माया सुरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैल घटेको हो । मकर जितु माया सुरी हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा लिबर्टी इनर्जी, अपर स्याँङ्गे हाइड्रोपावर, महुली लघुवित्त र खानीखोला हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्