काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७९ कम्पनीको ३६ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा ९८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । यस कम्पनीको ७ करोड ३१ लाख ७९ हजार ५ सय ५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा लक्ष्मी सनराइज बैंक, सिटी होटल, न्यादी हाइड्रोपावर, माछापुच्छ्रे बैंक र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । यस कम्पनीको ७ करोड ३१ लाख ७९ हजार ५ सय ५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, आइएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट, शिवम् सिमेन्ट र एशियन लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैल घटेको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमा यस्तो गिरावट आउँदा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ र पिपुल्स पावर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्