×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरियामा इन्धनको भाउ अचाक्ली महंगियो, आर्थिक संकटकैबीच कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश !

PRIME CA
GLOBAL IME BANK

सिरियामा इन्धनको भाउ अचाक्ली महंगियो, आर्थिक संकटकैबीच कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश !

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन् । सिरियाली सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेसँगै राष्ट्रपति असदले शतप्रतिशत कर्मचारीहरुको तलव बढाउन आदेश दिएका हुन् ।

सिरियामा राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुको लागि सन् २०११ पछि नवौं पटक तलव वृद्धि भएको हो । अहिले देशको आर्थिक अवस्था संकटमा छ । यो निर्णय हुनुअघि निजामति कर्मचारीको मासिक तलव १० देखि १५ अभेकिरी डलरसम्म थियो ।

सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ ।

इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सिरियाका सडकमा यात्रुहरु अलपत्र परेका थिए । इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: