×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयरधनीका लागि एनआईसी एशिया बैंक पाकेको आँप हो’ : सुबासचन्द्र भट्टराई

PRIME CA

‘सेयरधनीका लागि एनआईसी एशिया बैंक पाकेको आँप हो’ : सुबासचन्द्र भट्टराई

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ‘सेयर गुरु’ सुबास चन्द्र भट्टराईले एनआईसी एशिया बैंकलाई पाकेको आँपको संज्ञा दिएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक कार्यक्रम ‘मार्केट टक’मा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । अहिलेको स्थितिमा बैंक लाभांश दिन अब्बल भएको र यसपाली राम्रो रिटर्न दिन सक्ने अवस्थामा रहेको उनको भनाई छ ।
‘एनआईसी एशिया बैंकले २ बर्षसम्म केहि दिएको छैन, यो बेला सेयर बेच्ने कि राख्ने ?’ भन्ने प्रश्नमा उनले एनआईसी एशिया पाकेको आँपजस्तै भएकाले अहिले सो सेयर बेच्न सल्लाह आफुले नदिने बताएका छन् । साथै उनले बैंकले यसपाली राम्रो रिटर्न दिनेमा आफु आशावादी रहेकोसमेत बताएका छन् ।
एनआईसी एशिया बैंकले यसपाली वित्तीय विवरण राम्रो सार्वजनिक गर्दै गर्दा, अव बैंकले लाभांश देला कि नदेला वा कति देला भन्ने चर्चा चौतर्फी छ । बैंकले ४० प्रतिशत हाराहारीसम्ममा रिटर्न दिन सक्ने आंकलन भईरहेका बेला कतिपयले भने बजार चर्चा ‘यसपाली पनि एनआईसी एशियाले केहि दिंदैन’ भन्ने खालको रहेको बताईरहेका छन् । तर यस्तो बजार हल्लाको पछी नलागी एनआईसी एशिया बैंक ‘होल्ड’ गर्नुपर्ने स्क्रिप्ट रहेको भट्टराईको दाबी छ ।
उनीसँग लिईएको अन्तर्वार्ता आइतबार बेलुकी ७:३० बजे अर्थ सरोकारमा प्रशारण हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: