×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५१ कम्पनीबारे मुद्धामा सर्वोच्चमा आज पेशी !

PRIME CA

५१ कम्पनीबारे मुद्धामा सर्वोच्चमा आज पेशी !

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भिष्मराज ढुंगाना अध्यक्ष हुँदा २०७८ साल असार १ गते नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै ५१ कम्पनीको सूची जारी गरेपछि परेको मुद्धामा आज बुधबार पेशी तोकिएको छ ।
बोर्डले निकै लापरवाहीपूर्ण तरिकाले निकालेको सो सूची जारी भएको भोलिपल्टै सेयर बजार मापक नेप्से परिसूचक ५२. ४१ अंकले घटेर २९६९.६९ बिन्दुमा पुगेको थियो । र त्यहि, विन्दुबाट बजारको तत्कालीन बियरिस सुरु भएको थियो । बोर्डले असार १ गते ५१ कम्पनीको सूची जारी गरेपछि अधिवक्ता रोबिन बोहजुले असार ४ गते सो विरुद्द सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । बोहजु ५१ कम्पनीको सुची नै खारेज गर्न अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन, बरु कारण देखाउ आदेश जारी गर्यो । अर्थ सरोकारले उनले रिट जारी गरी गरेकै दिन उनको माग र समग्र सेयर बजारमा बोर्डको सो निर्णयले पारेको प्रभावका बारेमा विशेष अन्तर्वार्ता गरेको थियो ।

आज बुधबार अधिवक्ता बोहजुसहित अधिवक्ता यज्ञमणि न्यौपाने र अधिवक्ता अर्जुन कुमार अर्यालले यस विषयमा बहस गर्दैछन् । बहसका क्रममा सेयर कर्नरिङ भएको प्रमाण अदालतमा पेश गरिने र यस विषयमा छुट्टै कानुन बनाउनका लागि निर्देशनात्मक परमादेश आउन सक्ने उनको भनाई छ ।

अधिवक्ता बोहजुले दायर गरेको सो मुद्दा धेरै पटक पेशीमा चढ्दै हेर्न नभ्याइनेमा परेर स्थगित हुँदै आएको छ । बुधबारको लागि तोकिएको पेशीमा यो मुद्धामा बहस हुन्छ वा पुन: हेर्न नभ्याइने भन्दै स्थगित हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: