काठमाडौं । सरकारले १०० किलो सुन तस्करी प्रकरणको थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिने भएको छ । हाल राजस्व अनुसन्धान विभागले छानविन गरिरहेको उक्त प्रकरणको जिम्मा अब सीआईबीलाई दिने भएको हो ।
अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएका छन् । बिहीबार साँझ गृहमन्त्री, रक्षामन्त्री, महान्यायधिवक्ता, प्रहरी महानिरीक्षक, सीआईबी प्रमुख र राजस्व अनुसन्धान विभागका महानिर्देशकबीच बसेको बैठकमा प्रधानमन्त्री दाहालले सीआईबीमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएको स्रोतको दाबी छ ।
विभागले हालसम्म उक्त प्रकरणमा संलग्नताको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । जसमध्ये चिनियाँ, भारतीय र बेल्जियमका नागरिकसमेत रहेका छन् । खासगरी सुन तस्करी प्रकरणमा चिनियाँ गिरोह नै सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ ।
३ साउनमा राजस्व अनुसन्धान विभागले सुराकीका आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार जाँचपार गरी बाहिरिएको १०० किलो सुनसहित १ सय ५५ किलो स्कुटरको ‘ब्रेक शु’ बरामद गरेको थियो । हालसम्म उक्त प्रकरण राजस्व छलीको कुसरमा विभागले अनुसन्धान गरिरहेको छ भने अब सीआईबीले संंगठित अपराधको कसुरमा बृहत अनुसन्धान गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्