×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका सडकमै ट्याक्सी तेर्स्याएर आन्दोलन…(फोटो-कथा)

PRIME CA

काठमाडौंका सडकमै ट्याक्सी तेर्स्याएर आन्दोलन…(फोटो-कथा)

२५ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंका ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् । बिहीबार विभिन्न मागसहित काठमाडौंका नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअघिको सडकमा ट्याक्सी तेर्स्याएर ट्याक्सी व्यवसायीहरु आन्दोलित बनेका हुन् ।

निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने मागसहित व्यवसायीहरुले आन्दोलन गरेका हुन् ।

योसँगै उनीहरुले आन्दोलनमा ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानु पर्ने कानुन खारेज गर्नुपर्ने लगायतका विभिन्न ९ बुँदे माग राखेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: