×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

…र अन्तिममा कोइरालाले भने- ‘अब हामी कुनै विरोध गर्दैनौँ, पूँजी बजारको ठेक्का लिएर हिँड्ने फुर्सद नि छैन’ (भिडियो)

PRIME CA

…र अन्तिममा कोइरालाले भने- ‘अब हामी कुनै विरोध गर्दैनौँ, पूँजी बजारको ठेक्का लिएर हिँड्ने फुर्सद नि छैन’ (भिडियो)

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पूँजी बजार सुधारको माग राख्दै धितोपत्र बोर्ड घेर्न पुगेका लगानीकर्ता तिलक कोइरालाले अब आफूहरुले कुनै पनि विरोध कार्यक्रम नगर्ने बताएका छन् । बिहीबार धितोपत्र बोर्ड, नेप्से र अर्थमन्त्रालयलगायतका निकायसँग पुँजीबजार सुधारको माग गर्दै उनले यस्तो बताएका हुन् ।

‘अब हाम्रो कुनै विरोधको कार्यक्रम छैन । हामी कुनै विरोध, आमहड्ताल, ढुँगामुडा गर्नेवाला होइनौँ । हामीले आफ्नो काम गर्नुपर्छ, हामी आफ्नो काममा व्यस्त हुन्छौँ ।’, उनले भने, ‘हामीलाई सँधै पूँजी बजारको ठेक्का लिएर हिँड्ने फुर्सद पनि छैन । अब हाम्रो कुनै पनि आन्दोलनको कार्यक्रम छ्रैन ।’

त्यस्तै, लगानीकर्ता कोइरालाले नेपालको पुँजीबजारमा आपूर्तिको खोला बगाउने र माग सिर्जना हुने कुनै पनि काम नहुँदा लाखौँ लगानीकर्ता जोखिममा परेको बताएका छन् । यस विषयमा धितोपत्र बोर्ड, अर्थमन्त्रालय र नेप्सेलाई ध्यानाकर्षण पत्र बुझाएको बताउँदै उनले आवश्यक काम नभए लगानीकर्ताहरु आक्रोशित भएर उत्रिने चेतावनी पनि दिएका छन् ।

पुँजीबजारलाई मार्ने काम भईरहेको र त्यसको परिणाम नराम्रो आउन सक्ने भन्दै लगानीकर्ता कोइरालाले यसको सुधारका लागि तत्काल काम गर्न मागसमेत गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: