×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको प्रभाव : दुर्गा प्रसाईँले भनेजस्तै जताततै खाली हुँदैछन् काठमाडौंका सटर, ‘सरकारलाई किन दुख्दैन देश…?’

अर्थ सरोकार

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार

PRIME CA

मन्दीको प्रभाव : दुर्गा प्रसाईँले भनेजस्तै जताततै खाली हुँदैछन् काठमाडौंका सटर, ‘सरकारलाई किन दुख्दैन देश…?’

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले पटकपटक आफ्ना अन्तर्वार्ता र सार्वजनिक समारोहमा दिईरहने अभिव्यक्ति हो -‘काठमाडौँका अधिकांश घर खाली हुँदैछन् । ६० प्रतिशत घर बैंकले लिलाम गर्दैछ, व्यापार गर्ने माहोल नहुँदा सबै व्यापारी विदेशिएपछी काठमाडौँका अधिकांश सटरहरु खाली हुँदैछन् ।’ प्रसाईंले पटकपटक यस्तो दाबी गर्दा देशका ठुला भनिएका नेता, र व्यवसायीका नेता भनिएकाहरुले यो तथ्यलाई स्वीकार्न तयार नै थिएनन् । तर काठमाडौँमा देखिने दृश्यले प्रसाईंको दाबी सहि छ भन्ने प्रमाणित हुँदै गएको छ । प्रसाईंले भनेजस्तै काठमाडौँका विभिन्न स्थानहरुमा सटर खालीमात्र भएका छैनन्, व्यवसायीहरु अव व्यवसायको विकल्प खोज्नुपर्छ भन्ने निष्कर्षमा पुग्न थालेका छन् ।
जताततै सटर खाली किन हुँदैछ ?
कुनै बेला काठमाडौँका मुख्य व्यापारिक केन्द्रमा सटर नै किन्नुपर्थ्यो । घरभेटीलाई दिने भाडाअलावा ठाउँको पैसा तिर्नुपर्थ्यो । तर अहिले समय बदलिएको छ । जताततै खाली कोठा देखिन थालेका छन् । सटर खाली छ भन्ने सूचनाहरु ठाउँ ठाउँ देखिन थालेका छन् । यस्तो स्थिति आउनुको पछाडी मुख्य दुई कारण भएको व्यवसायीहरु बताउँछन् ।
पहिलो, बैंकको ब्याज अचाकली बढेपछी व्यवसायीहरुलाई व्यवसाय गर्न सकेनन् । महँगो भाडा, स्टाफ खर्च लगायतका दैनिक खर्च व्यहोर्न गाह्रो भएका बेला अर्कोतर्फ देशमा मन्दी लाग्यो, सामान किन्नेहरुले सामान किन्न छोडे । महँगो सामान किन्नेहरु त झन् ह्वात्तै घटे । नागरिकको क्रय शक्ति नै घटेपछि व्यापार गर्नेहरु घट्ने नै भए, व्यापार गर्नेहरु घट्न थालेपछि सटरहरु खाली हुन थाले ।
सटर खाली हुनुको दोश्रो कारण हो, अधिकांश युवा पलायन हुन थाले ।
फेरी पनि एकपटक व्यवसायी दुर्गा प्रसाईंकै कुरामा फर्कौं । उनले सार्वजनिक अभिव्यक्तिमा भन्ने गरेका छन्- ‘युवाजति खाडी पठाएर देश बन्दैन ।’ अहिले व्यवसायीहरुको हालत पनि यस्तै देखिएको छ । सुरुमा पसलमा ठुलो लगानी भयो, व्यापार खुम्चिएपछि ऋण तिर्न सकिने अवस्था भएन, सम्पत्ति लिलाम हुने भयो, विदेशमा कमाएर ल्याएको पनि सबै व्यवसायमा सकियो । स्थिति यस्तो आएपछि अव पुन: विदेशिनुको विकल्प रहेन । र त अहिले अधिकांस व्यवसायीहरु व्यापार छोडेर विदेशिरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा देखिएको युवाहरुको भीडमा त्यस्ता थुप्रै युवाहरु भेटिन थालेका छन्, जसले काठमाडौँमा व्यापार गर्न नसकेपछि वा व्यवहार बिग्रिएपछि यो देश छोड्ने निर्णय गरेका छन् ।
सरकारलाई किन दुख्दैन देश ?
प्लस टु पछि अधिकांस विद्यार्थी पढ्नका लागि विदेश जान थालेका छन् । नागरिकता बन्ने उमेर हुनेबित्तिकै नागरिकहरु विदेशिन थालेका छन् । पढेकाहरु वा थप पढ्नका लागि केहि पढेलेखेको बर्ग महंगा देश हानिन थालेका छन् भने नपढेकाहरु खाडी हानिएका छन् । नागरिका बनाउनेहरुको संख्याभन्दा पासपोर्ट बनाउनेहरुको संख्या दिनानुदिन बढिरहेको छ । तर सरकारलाई देशको यो बिडम्बनाले छोएको छैन, कारण, सरकारलाई मात्र सरकार ढल्ने चिन्ता छ र प्रतिपक्षलाई कसरी सरकार ढालौं भन्ने चिन्ता छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: