×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमै पहिलो पटक सेयर कारोबारीहरुको सम्मेलन सम्पन्न, २५ तस्विरमा हेर्नुहोस् ‘ट्रेडर्स मिट २०८०’ (फोटो-कथा)

PRIME CA

नेपालमै पहिलो पटक सेयर कारोबारीहरुको सम्मेलन सम्पन्न, २५ तस्विरमा हेर्नुहोस् ‘ट्रेडर्स मिट २०८०’ (फोटो-कथा)

अर्थ सरोकार

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालमै पहिलो पटक सेयर कारोबारीहरुको सम्मेलन ‘ट्रेडर्स मिट २०८०’ सम्पन्न भएको छ । काठमाडौंको ठमेलस्थित होटल एलफ्टमा उक्त मिट सम्पन्न भएको हो ।

अर्थ सरोकार डटकम र चुकुलको संयुक्त आयोजनामा सम्पन्न गरिएको उक्त सम्मेलनमा एक सयजना सेयर कारोबारीहरुको उपस्थिति रहेको थियो । ‘ट्रेडर्स मिट’मा पोखरा, चितवन, पाल्पा, काठमाडौं लगायतका जिल्लाका सेयर लगानीकर्ताहरु सहभागी भएका थिए ।

सम्मेलनमा सेयर बजारसँग सम्बन्धित तालिम दिइएको थियो । सम्मेलन खासगरी सेयर बजारमा ट्रेडिंग गर्ने ट्रेडरहरुका लागि लक्षित रहेको थियो । सम्मेलनमा बजारमा कसरी ट्रेडिगं गर्ने ? ट्रेडरले गर्ने गल्ती के के हुन् ? कुन बेला सेयर किन्ने ? कुन बेला बेच्ने ? र बजारलाई प्राविधिक रुपमा कसरी विश्लेषण गर्ने ? भन्नेबारेमा सिकाइएको थियो ।

सम्मेलनमा प्रमुख प्रशिक्षकका रुपमा चुकुल एपका संस्थापक बिमोददेव पन्त रहेका थिए भने सम्मेलनको व्यवस्थापन तथा सहकार्य बिबाबोले गरेको थियो । सम्मेलनमा सहभागीहरुलाई चुकुलको ‘बेसिक प्याकेज’ निःशुल्क उपलब्ध गराइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: