Skip to content
LAXMI SUNRISE BANK

शिक्षकहरुको आन्दोलनका कारण अस्तव्यस्त सडक, ट्राफिक व्यवस्थापनमा अफ्ठ्यारो (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै आन्दोलिन बनेका देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित सडक आन्दोलनमा होमिएका छन् । बुधबार हजारौंको संख्यामा उपस्थित शिक्षकहरुले माइतीघर मण्डलादेखि बानेश्वरसम्म बृहत प्रदर्शन पनि गरे । तर, शिक्षक आन्दोलनका कारण बुधबार दिउँसोभर काठमाडौंको ट्राफिक व्यवस्था भने अस्तव्यस्त नै बन्यो ।

यसो त काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्मकै सडकमा आन्दोलित शिक्षकहरुको खचाखच थियो । सडक नै ढाकिने गरी भएको शिक्षकको आन्दोलनका कारण माइतीघर-बानेश्वर-कोटेश्वर सडकमा सवारी आवगमन पूर्ण रुपमा ठप्प भएको थियो ।

आन्दोलनकै कारण बानेश्वर-बबरमहल-माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरिएको थियो । साँघुरा सडक, सवारी साधनको अत्याधिक चाप र त्यसैमाथि आन्दोलनका कारण बुधबार दिउँसोभर नै काठमाडौंको सडक व्यस्त बन्यो । आन्दोलनका कारण सडक व्यस्त मात्र भएन, बरु यात्रुहरु थप समस्या पनि परे । शिक्षक आन्दोलन नरोकिए काठमाडौंको ट्राफिक व्यवस्थापनमा थप कठिनाई हुने पक्का देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK