×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

ज्योति बिकास बैंकमा करियर नदेखेर बाहिरिएका आचार्य बने रिलायन्स फाइनान्सका डीसीइओ, सम्हाले कार्यभार !

SAGARMATHA CEMENTS

काठमाडौं ।  रिलायन्स फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रामहरी आचार्य नियुक्त भएका छन् ।  यस अघि ज्योति बिकास बैंकमा रहेका उनलाई फाइनान्सले डेपुटी सीइओमा नियुक्त गरेको हो ।

उनी यसअघि ज्योति बिकास बैंकमा कार्यरत थिए । ज्योति बिकास बैंकमा एजीएम पदमा रहेका उनी त्यहीं डेपुटी सीइओ हुने लाइनमा थिए । तर एनआईसी एशियाबाट कपिल ढकाल ज्योति गएपछि आचार्यको डेपुटी बन्ने सपना तुहिएको थियो । पारसराज कंडेलसमेत भएको अवस्थामा उनको करियर ज्योतिमा कमजोर देखिएपछि उनी बैंक छोडेका थिए । अन्तत: उनी फाइनान्समा करियर बनाउन पुगेका छन् ।

आचार्यसँग २० बर्ष एभरेस्ट बैंकमा काम गरेको अनुभव छ । उनी विभिन्न अवार्डबाट सम्मानित बैंकरसमेत हुन् भने मिडियामा ज्योति बिकास बैंकका विभिन्न काण्डबारे गलत तर्क गरेको भन्दै विवादमा परेका व्यक्ति पनि हुन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal