काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री महतले यस्तो दाबी गरेका हुन् ।
संसदमा विभिन्न दलका सांसदहरुको अर्थतन्त्रको विषयमा प्रश्न उठाएपछि अर्थमन्त्री डा.महतले हाल समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् । यतिसम्म कि अर्थमन्त्रीले महतले हाल साह्रै निराश बनेको सेयर बजार पनि बिस्तारै सुधार हुँदै जाने दाबी गरेका छन् ।
‘जोसुकैलाई जुनसुकै क्षेत्रमा लगानी गर्ने अधिकार छ, त्यसलाई रोक्न सकिँदैन । तर, व्यवस्थित गर्नका लागि प्रयास भईरहेको छ ।’, उनले भने, ‘पछिल्लो समय विस्तारै अर्थतन्त्रमा सुधार हुँदै गएको छ । तत्कालै आत्तिनुपर्ने अवस्था छैन ।’
त्यस्तै, अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा देखिएको सकारात्मक संकेतले सरकारको बजेट खर्च हुन थालेको पनि उल्लेख गरेका छन् ।
‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन् । टुरिष्ट एराईभलको कारणले होटल रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ । हाम्रो बजेट खर्च हुन थालेको छ । त्यसले पनि सकरात्मक प्रभाव परेको छ ।’ उनले भने ‘हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्