Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्छ, १२ करोडको सीमा १८-२० करोड पुर्याउँदा के फरक पर्छ र ?’ : अर्थमन्त्री

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउनुपर्ने दोहोर्याएका छन् । यसअघि पनि विभिन्न कार्यक्रममा सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउनुपर्ने माग राखेका उनले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमासमेत सेयर कर्जामा रहेको १२ करोड रुपैयाँको सीमालाई बढाउनुपर्ने बताएका छन् ।

‘अहिले १२ करोडको सीमा छ, त्यसलाई १८-२० करोड बनाउँदा फरक पर्दैन । १८-२० बनाउँदा यसले सकारात्मक प्रभाव पार्छ भने के फरक पर्‍यो त ?’ सेजनका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै अर्थमन्त्री महतले भने -‘नेपाल राष्ट्र बैंकले माईक्रो मेनेजमेन्ट गर्ने होइन ।’

‘नेपाल राष्ट्र बैंकले माइक्रो लेबलमा यो गर, त्यो गर, यहाँ योभन्दा बढी गर्न पाउँदैनौं भन्दा पुँजीको मोबिलिटी हुन पाएको छैन, म यो क्षेत्रको सट्टा यहाँ गर्छु भन्न नसक्ने स्थिति छ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK