×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच भेट, १२ करोडको सीमासहित यी विषयमा भए छलफल…

PRIME CA

गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच भेट, १२ करोडको सीमासहित यी विषयमा भए छलफल…

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच भेटवार्ता भएको छ । सोमबार गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच सेयर बजार सुधारका विषयमा छलफल तथा भेटवार्ता भएको हो । 

भेटमा दुवैबीच १२ करोडको सीमासहित विभिन्न विषयमा छलफल भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार छलफलमा बोर्ड अध्यक्ष हमालले १२ करोडको सीमा हटाउने विषयमा प्रसङ्ग उठाएका थिए । 

बोर्ड अध्यक्ष हमालको प्रसङ्गमा गभर्नर अधिकारी सकारात्मक रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । स्रोतका अनुसार हाल सेयर बजारमा कायम रहेको १२ करोडको सेयर धितो कर्जाको सीमा बढ्ने भएको छ । गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ २० करोडसम्म पुर्याउने छलफल भएको छ । 

त्यस्तै, छलफलमा संस्थागतर्फ भने कति सीमा निर्धारण गर्ने भन्ने विषयको टुंगो नलागेको स्रोतले बताएको छ । यद्यपि संस्थागततर्फको सीमा व्यक्तिगतको भन्दा दोब्बर वा त्यो भन्दा धेरै हुनसक्ने सम्भावना देखिएको छ । 

योसँगै गभर्नर र बोर्ड अध्यक्षबीचको भेटमा बैंक तथा वित्तीय संस्थालाई प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटलमा लगानी गर्न दिने विषयमा पनि छलफल भएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: