काठमाडौं । विज्ञापन बोर्डले सबैखाले विज्ञापनमा प्रयोग भएका विदेशी कलाकारको फोटो हटाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै बोर्डले हाल प्रयोगमा आएका विज्ञापनमा विदेशी कलाकारको फाटो भए तत्काल हटाएर स्वदेशी कलाकारको फोटो राख्न निर्देशन दिएको हो ।
पछिल्लो समय नेपाली विज्ञापनमा विदेशी कलाकारको फोटो प्रयोग गर्ने क्रम बढेपछि बोर्डले यस्तो निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । ‘यसै पनि विज्ञापन सामाग्रीमा विदेशी कलाकारको फोटो प्रयोग गर्न मिल्दैन ।’, ती अधिकारीले भने, ‘विज्ञापन नियमावली (पहिलो संशोधन) अनुसार विज्ञापन सामाग्रीबाट विदेशी कलाकारको फोटो हटाई स्वदेशी कलाकारको फोटो राख्न निर्देशन दिएका हौँ ।’
त्यस्तै, बोर्डले विज्ञापन नियमावली (पहिलो संशोधन), २०८० को नियम ९ (क)को उपनियम (३) मा होर्डिङ बोर्ड सवारीसाधन लगायत अन्य माध्यममा कुनै व्यक्तिको फोटो राखी विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटो राख्नुपर्ने व्यवस्था स्मरण गराएको छ ।
योसँगै अब विज्ञापनबाट विदेशी कलाकार वा व्यक्तिको फोटो हटाउनुपर्नेछ भने सोको ठाउँमा स्वदेशी कलाकार राख्नुपर्नेछ । स्वदेशी कलाकार वा व्यक्तिको फोटो राख्न बोर्डले विज्ञापन दाता, विज्ञापन एजेन्सी, सञ्चार माध्यमलगायतका सबै निकायलाई निर्देशन दिइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्