×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायतको दोस्रो ठूलो सहर बर्मिङ्घममा आर्थिक संकट घोषणा, अत्यावश्यक बाहेकका सबै सेवा ठप्प !

PRIME CA
GLOBAL IME BANK

बेलायतको दोस्रो ठूलो सहर बर्मिङ्घममा आर्थिक संकट घोषणा, अत्यावश्यक बाहेकका सबै सेवा ठप्प !

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बेलायतको बर्मिङ्घममा आर्थिक संकट घोषणा गरिएको छ । बेलायतको सबैभन्दा दोस्रो ठूलो सहर बर्मिङ्घममा अत्यावश्यक बाहेकका सेवामा रोक लगाउँदै आर्थिक संकट घोषणा गरिएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मिङ्घम सिटी काउन्सिलले संकट चुलिएपछि धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका सबै सेवा खर्चमा रोक लगाउँदै सहरमा आर्थिक संकट घोषणा गरेको हो । योसँगै बर्मिङ्घम सहरमा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प गरिएको छ ।

आर्थिक संकट र सेवा ठप्प हुँदा आर्थिक वर्ष २०२३ २४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउण्ड अर्थात १४ अर्ब ५२ करोड भन्दा धेरै घाटा हुने अनुमान गरिएको छ । हाल बर्मिङ्घम सिटी काउन्सिलसँग भएका सबै वित्तीय स्रोतसाधन सकिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतको सबैभन्दा ठूलो सहरमध्येको दोस्रो ठूलो सहर बर्मिङ्घममा आर्थिक संकट घोषणा गरिएपछि बर्मिङ्घमका नागरिकहरु समस्यामा परेका छन् ।

यता बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बर्मिङ्घममा आर्थिक संकट घोषणा हुनुको मुख्य कारण कमजोर व्यवस्थापन रहेको टिप्पणी गरेका छन् । ‘बर्मिङ्घमका नागरिकको अवस्था चिन्ताजनक रहेको भन्दै सरकारले बर्मिङ्घम काउन्सिललाई निर्धारित बजेटमा १० प्रतिशत बढाएर पठाएको हो ।’, उनले भने, ‘तर, कमजोर व्यवस्थापन र लापरवाहीका कारण यस्तो समस्या उत्पन्न भएको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: