×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो सरकारले अर्थतन्त्र लयमा फर्काउन सक्दैन, समस्या समाधान गर्ने भए सडकबाट दबाद दिनुस्’- विष्णु पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘यो सरकारले अर्थतन्त्र लयमा फर्काउन सक्दैन, समस्या समाधान गर्ने भए सडकबाट दबाद दिनुस्’- विष्णु पौडेल

Artha Sarokar

९ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले हालको सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले जति प्रयास गरे पनि अर्थतन्त्र लयमा फर्काउन नसक्ने दाबी गरेका हुन् ।

‘यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने र देशका आर्थिक क्षेत्रका समस्या समाधान हुने कुनै पनि सम्भावना छैन ।’, उनले भने, ‘जति प्रयास गर्दा पनि अर्थतन्त्रका समस्या बुझ्न पनि सक्दैन । समस्या समाधानका लागि नीतिगत व्यावहारिक निर्णय गर्न पनि सक्दैन ।’

त्यस्तै, उनले निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सहयोग नबनी बाधक बन्छ भने त्यसलाई पन्छाएर समस्या समाधान गर्नुपर्ने बताएका छन् । ‘निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सहयोगी बन्दैन भने र समस्या समाधानका लागि बाधक बन्छ भने त्यो बाधा पन्छाएर भए पनि समस्या समाधान गर्नुपर्छ ।’, उनले भने ।

त्यस्तै, उनले ज्ञापनपत्र बुझाएर सरकारले समस्या नदेख्ने भन्दै निजी क्षेत्रलाई सदन र सडकबाट दवाव दिन आग्रह समेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी