×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

खराब कर्जा बढेपछि क्यानडाको तेस्रो ठूलो बैंक ‘बैंक अफ मोन्ट्रियल’ले गाडी कर्जा बन्द गर्ने !

SAGARMATHA CEMENTS

काठमाडौं । खराब कर्जा बढेपछि क्यानडाको तेस्रो ठूलो बैंक ‘बैंक अफ मोन्ट्रियल’ले अटो फाइनान्स व्यवसाय बन्द गर्ने भएको छ । हाल बैंकले सञ्चालन गरेको अटो फाइनान्सको खुद्रा व्यापारले खराब कर्जा बढाएपछि बैंक अफ मोन्ट्रियलले खुद्रा अटो फाइनान्स व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

बैंक अफ मोन्ट्रियलले गरेको खुद्रा अटो फाइनान्स व्यवसाय बन्द गर्ने निर्णयले क्यानडामा ठूलो संख्यामा रोजगारी गुम्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बैंकले गत जुलाईमा ८१ मिलियन क्यानेडियन डलर (६० मिलियन अमेरिकी डलर) बराबरको खराव ऋण पुगेको उल्लेख गरेको छ । जब एक वर्षपहिलो बैंकको खराब ऋण नौ मिलियन क्यानेडियन डलरको रिकभरीको तुलनामा बढेर आएको हो ।

त्यस्तै, खुद्रा अटो फाइनान्स व्यवसायलाई बन्द गरे पनि आफूसँग विश्वास गर्न सकिने क्षेत्रहरुमा स्रोत केन्द्रित गर्ने क्षमता रहेको बैंक अफ मोन्ट्रियलले जनाएको छ  । बैंकले डिलर सम्झौताको समाप्ति सेप्टेम्बर १५ देखि लागू हुने जनाएको छ । तर, बैंकले तोकिएको मितिभन्दा पहिले पेस गरिएका र स्वीकृत भएका सबै सम्झौताहरुमा फाइनान्स सुविधा दिने जनाएको छ ।

बैंकले तेस्रो त्रैमाससम्म खुद्रा अटो व्ययवासयमा प्रवाह गरेको ऋण अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशत बढेर १७ दशमलव ३६ बिलियन क्यानेडियन डलर पुगेको जनाएको छ । जुन बैंकको समग्र ऋण प्रवाशको दुई दशमलव सात प्रतिशत हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal