काठमाडौँ । लगानीकर्ताको डाटामा सुरक्षा थ्रेट बढेको निष्कर्षसहित सीडीएससीले अव थर्ड पार्टी एपलाई आईपीओको नतिजा देखाउन रोक लगाएको छ । डाटा ‘क्रल’ गरेर विभिन्न थर्ड पार्टी एपले आईपीओको नतिजा देखाउँदा लगानीकर्ताको सुरक्षामाथि थ्रेट बढेको र यो काम गैरकानुनी भएकाले यसलाई रोक्न चौतर्फी दबाब बढेको भन्दै सीडीएससीले यस्तो निर्णय गरेको हो ।
सिडीएसका अनुसार अव यस्तो काम पूर्ण रुपमा बन्द गराईनेछ । ‘हामी आफ्नै इन्डबाट थर्ड पार्टीले डाटा तान्न नसक्ने बनाउँदैछौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीडीएससीका एक उच्च अधिकारीले भने, ‘यदी पूर्ण रुपमा क्रल बन्द भएन भने हामी त्यस्ता थर्ड पार्टी एपहरुविरुद्ध कानुनी उपचारमा जान्छौँ ।’ सिडीएसको वेबसाइटबाट डाटा तान्नु पूर्ण रुपमा गैरकानुनी भएकाले यस्तो काम गरिरहेकाहरुविरुद्ध कानुनी उपचारमा जाने सिडीएससीको भनाई छ ।
सीडीएससीका अनुसार थर्ड पार्टी एपबाट आईपीओ लगायतका जानकारी हेर्दा तथ्यांकको दुरुपयोग हुने प्रवल सम्भावना रहन्छ । ‘खासमा थर्डपार्टी एप प्रयोग गर्नु सार्है जोखिमको काम हो । हामीले आईपीओको नतिजा हेर्न त्यस्ता एपहरुलाई दिने तथ्यांकको दुरुपयोग भईरहेको हुन्छ ।’ सीडीएससीका अधिकारीले अर्थ सरोकारसँग भने, ‘यहि कुरा बुझेर नै हामीले आईपीओको नतिजा हेर्नका लागि छुट्टै पोर्टलको बिकास गरेका हौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्