×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिमेन्टको भाउ बोरामै ५० रुपैयाँले महँगियो !

PRIME CA
GLOBAL IME BANK

सिमेन्टको भाउ बोरामै ५० रुपैयाँले महँगियो !

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चाडवाडको मुखमा सिमेन्टको भाउ महँगिएको छ । दशैँ तिहारको मुखमा अन्य सामाग्रीहरुमा भएको मूल्यवृद्धिको असर सिमेन्टमा पनि देखिएको हो । यस अवधिमा सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँसम्मले वृद्धि भएको छ ।

यसो त दशैँ तिहारपछिको सिजनलाई भौतिक निर्माणको सिजनका रुपमा पनि लिइने गरिन्छ । सामान्यतया यो सिजनमा बजारमा निर्माण सामाग्रीको मूल्य अन्य समयमा भन्दा महँगो हुनेगर्छ । तर, यसपाली भने उद्योगहरुले दशैँअघि नै सिमेन्टको मूल्य वृद्धि गरेका हुन् । व्यवसायीहरुका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म महँगिएको छ ।

यता व्यवसायीहरुले भने भारतबाट आयात हुने कोइलाको मूल्य वृद्धि भएकाले नेपालमा सिमेन्टको भाउ पनि केही बढेको बताएका छन् । ‘सिमेन्ट उद्योगमा प्रयोग हुने कोइला भारतबाट आयात हुन्छ । अहिले भारतमै कोइलाको भाउ महँगिएको छ । अहिले सिमेन्टमा देखिएको मूल्यवृद्धि यसैको असर हो ।’, सिमेन्ट उत्पादक संघका महासचिव केपी उप्रेतीले भने, ‘अहिले सिमेन्ट प्रतिबोरा ३० देखि ५० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।’

उप्रेतीका अनुसार अहिले सिमेन्टको सप्लाई पश्चिम क्षेत्रमा बढि भएकाले भैरहवादेखि पश्चिमतर्फ मूल्यवृद्धि बढि हुने देखिएको छ । हाल काठमाडौँमा सिमेन्टको सप्लाई नभए पनि काठमाडौँसँगै आसपासका क्षेत्रमा सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २० रुपैयाँ महँगो हुने देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: