×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

यो गलत प्रवृति सक्किनुपर्छ, सिटिजन्स बैंक सच्चिनुपर्छ…(सम्पादकीय)

SAGARMATHA CEMENTS
लाज पचाउन सर्वाङ्ग नाङ्गो हुनुपर्दैन, छोप्नुपर्ने चीज अलिअलि देखाउनु पनि लाज पचाए नै सरह हो । सिटिजन्स बैंकले पनि समाजमा खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्वको पैसाले आफ्नै कर्मचारीहरुलाई चकलेट खुवाएको छ । तीजको अवसरमा महिला कर्मचारीलाई चकलेट र केहि स्वास्थ्य सामाग्रीहरु राखिएको झोला बाँड्नु कुनै अन्यथा होइन, तर सो काम सामाजिक उत्तरदायित्वको पैसाले गर्नुभने अन्यथामात्र होइन खुलेआम भ्रष्टाचार हो ।
बैंकले सामाजिक उत्तरदायित्व भन्दै तीजको अवसरमा आफ्ना महिला कर्मचारीलाई स्यानिटरी प्याड, स्यानिटरी लाइनर, वेट टिस्यु, चकलेट लगायतको गिफ्ट प्याक बाँडेको छ । बैंककि कर्पोरेट कम्युनिकेसनमा कार्यरत कर्मचारी स्मारिका तिवारीले सो उपहार वितरण गर्दा सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट प्रयोग भएको पुष्टी गरेकी छिन् । उनको तर्क छ हामी पनि समाजकै मान्छे, हामीलाई आवश्यक पर्ने स्वासथ्य सामाग्री त्यहि बजेटबाट दिन मिलिहाल्यो नि । अनि चकलेट नि ? हाम्रो प्रश्नमा लाजै नमानी तिवारी दिदि भन्नुहुन्छ- त्यो त हल्का मुख मिठा बनाईदिएको नि रे ! भो त अव !! जनताको डिपोजिट राख्ने जनताको बैंकमा यो हदसम्मको मनपरी क्षम्य छ र ? समाजमा खर्च गर्नुपर्ने पैसाले कर्मचारीले मुख मिठा गर्न मिल्छ र ? के यो सिधासिधा भ्रष्टाचार भएन र ?
यता नेपाल राष्ट्र बैंक पनि सामाजिक उत्तरदायित्वको पैसाले चकलेटसहितका सामाग्री त्यो पनि आफ्नै कर्मचारीलाई बाँड्न नमिल्ने बताउँछ । अनि यसरी खुलेआम गलत काम गर्ने बैंकलाई किन कारवाही गर्न ढिलो गरिरहेको छ राष्ट्र बैंकले ! ह्या, तीजका बेलामा बजेट दुरुपयोग नै भए पनि अलि अलि त भयो होला नि, तीजको बेलामा चेलीबेटीले चकलेट खाए त के भो भन्ने तर्क पनि होला । तर प्रश्न बुढी मरी भन्ने मात्र होइन, काल पल्क्यो भन्ने पीर हो ।
सामाजिक उत्तरदायित्वको पैसाले कर्मचारीलाई मिठाई बाँड्ने बैंकले त्यो दशैंमा थुप्रैलाई बाँड्ने गरेको रक्सी पनि कतै त्यहि सामाजिक उत्तरदायित्व भनेर त बाँडेन भन्ने प्रश्न पनि हो । अनि तीजमा मिठाई पनि त्यहि पैसाले बाँड्न पल्केको बैंकले भोलि दशैंमा दारु बाँड्ला, अझ तीजमा दर खुवाउला, तिहारमा सेलरोटी बाँडला, छटमा केरा बाँड्ला ! यसरी त भएन नि, जनताको बैंकमा होइन र ? त्यसैले यो गलत प्रवृति सक्किनुपर्छ, सिटिजन्स बैंक सच्चिनुपर्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal