×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल भारतबीचको क्रिकेट हुनुअघि श्रीलंकामा नेपालीको क्रेज…(फोटो-कथा)

PRIME CA

नेपाल भारतबीचको क्रिकेट हुनुअघि श्रीलंकामा नेपालीको क्रेज…(फोटो-कथा)

१८ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार एशिया कप अन्तर्गत श्रीलंकामा नेपाल र भारतबीच क्रिकेट हुँदैछ । २७ वर्षे अन्तराष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । सोही खेलका लागि अहिले श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा नेपाली समर्थकहरुको सहभागिता बाक्लो छ ।

सोही खेलमा नेपाली क्रिकेट टिमलाई समर्थन गर्न र खेलाडीको हौसला बढाउन भन्दै नेपाली कलाकार, राजनीतिज्ञ तथा जनप्रतिनिधिहरु पनि श्रीलंका पुगेका छन् । सोमबार हुने खेलमा जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले पनि यो खेल नेपाल र भारत दुवैका लागि महत्वपूर्ण छ । खेल नेपाली समयअनुसार सोमबार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

सोही खेलमा समर्थन गर्न नेपालीहरु अहिले पाल्लेकेले इन्टरनेशनल स्टेडियममा नेपाली पोशाक, टिसर्ट र नेपाली झण्डासहित पुगेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: