×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलंकाको स्टेडियममा नेपाली टिमको जाँगर, तस्विरमा हेर्नुहोस् भारतविरुद्ध ‘ब्याटिङ’मा उत्रिएका खेलाडीको खेल (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार

PRIME CA

श्रीलंकाको स्टेडियममा नेपाली टिमको जाँगर, तस्विरमा हेर्नुहोस् भारतविरुद्ध ‘ब्याटिङ’मा उत्रिएका खेलाडीको खेल (फोटो-कथा)

काठमाडौं । अहिले श्रीलंकाको पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल चलिरहेको छ । भारतविरुद्धको खेलमा सुरुवातमै आकर्षक ओपनिङ गरेको नेपालले२१ दशकमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउदै एक सय रन कटाएको हो ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो । त्यस्तै, नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भए । कुशलले ३८ रन बनाए भने भिमले सात तथा रोहितले पाँच रन जोड्दै बाहिरिए ।

भारतविरुद्धको खेलमा आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । नेपाली समर्थकहरुको उत्साहजनक उपस्थितिकाबीच नेपाली टिमले आश लाग्दो खेल प्रदर्शन गरिरहेका छन् । खेल मैदानमा नेपाली टिमको जाँगर निकै प्रशंसनीय देखिएको छ । र हामीले श्रीलंकाको पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भईरहको खेलका झकहरु एजेन्सीको सहयोगमा संकलन गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: