काठमाडौं । बैंकहरुले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले बैंकको खातामा आएको स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने निर्णय गरेको हो । आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले स्थानीय तहको पैसा बैंकहरुले निक्षेपमा गणना गर्न पाउने निर्णय गरेका हुन् ।
आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा.महतबीचको छलफलपछि स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाउनेछन् ।
यसअघि बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव हुँदा अर्थ मन्त्रालयको निर्देशनमा राष्ट्र बैंकले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । तर, साउन १ र २ गते बैंकहरुमा निक्षेपका रुपमा रहेको स्थानीय तहको झण्डै १ खर्ब रुपैयाँ राष्ट्र बैंकले आफ्नो खातामा तानेको थियो । त्यसपछि लगातार बैंकरहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।
हाल स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने भएपछि बैंकरहरु उत्साहित भएका छन् । योसँगै अब कर्जाको ब्याज घटाउन पनि सहयोग पुग्ने बैंकरहरुको भनाई छ । ‘सरकारले बैंकिङ प्रणालीबाट स्थानीय तहको करिब १ खर्ब रुपैयाँ तानेको थियो । एक्कासी समय नै नदिई बैंकिङ प्रणालीबाट पैसा तानिँदा समस्या परेकै हो ।’, एक बैंकका सीईओले भने, ‘फेरी अहिले ६० प्रतिशत पैसा बैंकिङ प्रणालीमै आउने कुरा छ । यसले ब्याजदर वृद्धि रोक्न सहयोग गर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्